विवशतामा भावनाको अत्याचार !

यी आँखाबाट आँसु नरित्तिउन्जेलसम्म रोइरहे । त्यो अन्धकार कोठामा आफुलाई कैदी सरह थुनिरहे । कोहि थिएन साथमा त्यसैले पागल झै चिच्याइरहे अनि जपिरहे तिम्रो अशुद्ध नाम । तिम्रो स्पष्ट नाम आज आफैंमा बदनाम छ तिम्रो नियत र चरित्रले । म आफुलाई घण्टौसम्म ऎनामा निहालिरहे । जसको आकृतिमा तिमी पनि समाहित थियौ । अब त्यो क्षण केबल परिकल्पना न रह्यो जहाँ कुनैबेला हामी एकअर्काको प्रतीक्षामा रहने गर्थाै ।
बादलले घेरिएको होस या जुनेली रात बिहानीको मिरमिरेसम्म निन्द्र त्यागेर सधैं तिमिलाई कुरिरहे तर तिमी भने हजारौं बाहाना बनाउथ्याै । तिम्रो बेपर्वाह शब्द र व्यवहारमा एकोहोरो डुबिरहे । अल्झिरहे त्यो भ्रमको जालोमा । जुन मबाट छुटकारा पाउन तिमिले निकै मिहेनतले बुनेका थियौ । तिमिबाट दुरि बनाउनु आफैलाई तड्पाउनु थियो । तर पनि हर दिन विवशतामा भावनाको हत्या गरिरहे ।
तिम्रो र मेरो त्यो प्रेमको फुल मात्र नाममा सिमित थियो । जसको हेरचाह सायद सायद एकोहोरो मात्र भैरहेको थियो । भलै त्यो फुल समयमै ओइलिएर गयो त्यसैले आज सहज छ । नत्र वियोगको मर्मस्पर्शी वेदनामा कथित एक हिस्सा बन्ने थियो । तिमीलाई जीवन जिउने एक विशेष श्रेय दिएकी थिए । तर तिमी म समाप्तिको कारण बनेर उदायाै । मेरा हर आशुले पुकार्दै छ तिमिलाई, अफसोस त्यो निस्ठुरी हृदयले सुन्न सक्ने कतै कान नै थिएन । मानिस खुबै मन पराउछन यो झुठो मुस्कानलाई । कास यो एक्लोपन अनि मौनताको पनि कारण सोधिदिए । छरिदिन्थे यो गहिरो शब्दहरुले बनेको त्यो विगतका बिस्कुनलाई । अनि भनिदिन्थे ती अतितको झुठो नाममा सिमित स्वार्थी प्रेमिबारे जो सिर्फ मेरो तन बदनमा मर्ने गर्थ्यो मेरो मनमा होइन ।
अब कुन संसारको इतिहासमा कोरिदिउ यो मतलवी अनि अधुरो प्रेमकथा, जसको अन्त्य नितान्त ढोङ्गीपनमा भएको छ । तिमीलाई भुल्ने बहानामा यो मनमा कति युद्ध चलाउ म आफै कमजोर बनिसके अनि थाकिसके यी निर्दोष मन मस्तिष्क । मायाको शत्रु रहेछौ तिमी त्यसैले विश्वासको खोक्रो खोल ओडेर आएका थियौ ।
सायद तिमिले बिर्सियाैँ होला तर मलाई अझै याद छ तिमिले कहिले साथ छोड्दिन भनेको अनि धोका दिन्न भनेको । धोका दियौं या दिएनौ म अझै अलमलमा छु तर तिमिले फुल्दै गरेको जिवनमा भने अन्धकारको सिँचाइ गरिदियै अनि यो बेग्लो अनुभवलाई नर्कमा समर्पण गरि गयाै । झुटो अस्वाशन दिएर अनुरागको खिल्ली उडायाै तिमिले । म भित्रभित्रै मरेर तिम्रो असह्य शब्द सुनिरहे । मन थिएन टाढा हुने त्यसैले तिम्रा हर गुनाहलाई माफी दिदै बसे । बुझाइरहे मेरो हाल तर कतै पनि पाइन मैले मेरो उसलाई । अन्तर्मुखी म हर दिन आफैंलाई चोट दिइरहे अनि गाली गर्दै बसे यी सोझोपनलाई ।
यी सामान्य हर शब्दले मेरो अतीत र अहिलेको परिवेश बताउँदैछ । यदि यो ध्वनि उ भएको ठाउँसम्म गुन्जिन्छ भने म सोध्नेछु उसलाई किन बन्याै मेरो अतीत ? अनि किन दियाै केही क्षणको फरेबि मुस्कान । तिमीले भनेका थियौ यी हात समाएर जिन्दगी नामको त्यो यात्राको बाटो तय गर्नेछु । तर यो हातले तिम्रो हातको स्पर्श नपाउँदै छुटेर गयो । अनि बेवास्तामा परिणत हुँदै गए म जसको एक आवाज कुनै दिन तिमि निदाउने कारण थियो । तिमिप्रतिको आशा आज मात्र लज्जास्पद बोध बनेको छ । over thinking, fear, shyness, loneliness, self doubt र कोमल प्रेमप्रतिको हिनताबोधले रंगिएको यो कालो रात । मात्र भित्री मौनता चिर्ने एक अवाजमा भौतारीरहेको छ । चीनजान पछि अन्जान हुने सम्बन्धहरुले पनि निकै भयभीत बाटो देखाउदो रहेछ ।
यो आत्मीय बह कुनै देखावटी मकान होइन जहाँ पायो त्यहीँ खोलिदिन । यो कुनै परचक्री अस्तित्वको मौनपाठ हो । यो टुक्रीएको आशाको एक झलक हो । यसले किरण छर्न बाँकी नै । म हुनेछु त्यो दिनको प्रतीक्षामा जुन दिन तिमी मेरो छायालाई माया भन्दै पछ्याउने छौँ ।
यति बुझ म यो असीमित हावाको एक हिस्सा हु । निरन्तर बहिरहनेछु । त्यहीँ गतिमा जुन गति पहिल्यै निर्धारण गरिएको छ । तिमीलाई थाहा नै छ शितलता छाउने हावा, भवन्डर मच्चाउने एक दरिलो कारण पनि हुन सक्छ । यद्यपि म अझै पर्खनेछु त्यो क्षण जुन दिन सारा दुनियाँ र आफ्नो परवाह नगरी त्यो अङ्गालोमा बाधिनेछु । म त्यो यौवनको अन्तिम घडीसम्म पर्खनेछु तिमिलाई भलै ढिला हुनेछ तिमी आउन । त्यतिन्जेल आत्मीय हुन नसके पनि बाह्य बह मेट्ने आयासमा हुनेछु ।
प्रतिकृया दिनुहोस्