
नेपाल आमाले एकता मागिरहेकाे बेला
जनताले आफ्नाे लाज ढाकिरहेकाे बेला
कुन्नि के के लुकाए नेता आफु बाच्न यहाँ
देशब्यापी आज जनता जागिरहेकाे बेला
पुरै दसी खाेजतलास गरे है जनताले
आज सबै नेता पर्देश भासिरहेकाे बेला
लाैहै !जुरुक्क उठेछ नेताका दलालहरु
नेता प्रजा सम्बन्ध अझै ताधिरहेकाे बेला
बिदेशी झन्डा कुन्नि हल्लाउँदै आए
नेताले जनताकाे एकता पुरै झांगिरहेकाे बेला
ताेप,खुकुरी बाेकाएर लगेछ डाडा पारी
रुदै आमाले सन्तान डाकिरहेकाे बेला
सुइकुच्चा ठाेकेछ नेताले आज बिहानै
कुना काप्चा चहारेर खाेजिरहेकाे बेला





