October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

अस्पतालमा संक्रमितसँग ४० दिनकाे बसाइँ, कतै पल्लाे बेडमा आफै पुगिनेपाे हाेकी ! – मदन भण्डारी

पढ्नैपर्नै

गएकाे बिहिवार सायद मध्याह्न साढे बाह्र बजेको थियो । फोनको रिङ बजेको सुनिएन नोकियाको मोबाइल भएकै कारण भाइब्रेसनले  थाहा पाए
ल्यानलाइन नम्बर बाट आएको रहेछ ०१४ ……….. नम्बर सबै याद भएन ………….
फोन रिसिभ गरे , महिलाको आबज सुनियो
महिला :-   हेल्लो नमस्ते (स्वर मीठो थियो )
म :-   नमस्ते हजुर ।
महिला:-   हजुर जयराम पराजुली हो???
म :-    हैन ।
महिला :- जयराम पराजुलिको मान्छे हो???
म :- हो   !! किन भन्नू त ?? प्रस्न गरे {जयराम पराजुली हस्पिटल भएको कारणले गर्दा कतै हस्पिटल बाट त फोन आएन } मनमा कौतुहलताको जन्म भयो ।
महिला :- जयराम पराजुली लाई कोभिड भएको छ हैन ???
म :- हो ।
महिला :- म स्वास्थ्य मन्त्रालय बाट । कस्तो छ उहालाइ अहिले ??
म :- ए हजुर उहाँ अहिले सुक्रराज हस्पिटल टेकुमा आइ सि यु मै हुनुहुन्छ ।
महिला :- हो र !!!
म :- हो ।
महिला :- धेरै भयो त ।
म :- अं   ।
महिला :- कस्तो छ उहालाइ ???
म :- ठिकै छ सुधार हुँदै छ ।
महिला :- हस धन्यवाद जानकारिको लागि ।
म :- हस ।
फोन खल्तीमा  राखे र कालिमाटी फलफुल बजारबाट फलफुलको झोला मोटरसाइकलको देब्रेपट्टि लेगगार्ड्मा झुन्ड्याए र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तिर हुंइकिए । भिनाजु अर्थात जयराम पराजुली बिगत ३९ दिन देखि टेकु हस्पिटल सघन कक्ष भेन्टिलेटर र आइसीयूमा उपचारत हुनुहुन्छ । म गत ३९ दिन देखि टेकु अस्पताल हातामै रुमलिइरहेको छु ।

भिनाजुकै उपचार खान पान , औषधि ब्यबस्थापन , डाक्टर तथा नर्स हरुसङ परामर्स ,आफन्त जनको भेटघाट तथा फोनसम्पर्क र आर्थिक सङ्लनमै यी ३९ दिन बितिरहे । खुसी लाग्यो स्वास्थ्य मन्त्रालय र मन्त्रालयको कर्मचारी प्रती कोभीड १९ अर्थात कोरोना लागेको बिरामिको अबस्था बुझ्नको लागि फोन सम्पर्क गरेर प्रत्यक्ष रुपमा जोडिनु भएकोमा । यो उहांहरुको उत्तरदायित्व पनि होला मैले धेरै कुरा बुझ्न खोजिन । अनि मनमनै फिस्स हाँसे ,हेर नेपालको स्वास्थ्य प्रणाली कोरोना जाँच गरेको ४३ दिनमा बल्ल बिरामिको आफन्त लाई फोन आउँछ । यतिका दिन सम्म कति बिरामी कोरोनालाइ जितेर आफ्नो लयमा फर्की सकेका हुन्छन भने कति बिरामिले मृत्यु बरण गरिसकेका छन । यो एक तितो अनुभव हो ।

टेकु अस्पताल परिसरमा ३९ दिन बिताइरहदा धेरै बिरामि र बिरामिका कुरुवा सङ उठबस भयो । दैनिकी नै यसै बित्ने गर्थ्यो । बिहान ७:३० बजे देखि ८:३०  बजे सम्म एक घन्टा आफ्ना बिरामी भेट्न जान पाइन्थ्यो । भेन्टिलेटरमै जानू,  कोरोनाको बिरामिको स्याहार सुसार गर्नु , जिउमा तेल मालिस गर्नु , बिरामिलाइ सकारात्मक काउन्सिलिङ गर्नु , कम्ती चुनौती थिएन । घरी घरी मनमा एउटै सन्का उब्जिन्थ्यो कतै भिनाजु भन्दा पल्लो बेडमा आफै पुगिनेपो हो कि । 


सुरुका १५-१८ दिन धेरै नै डर लाग्यो कोभिड ले लैजान्छ नै जस्तो सक्दो सतर्कता अपनाइयो आफुले । साथै बिरामिको आत्माबल बढाउन धेरै कोसिस गरियो । उपलब्धी हासिल हुँदै गयो बिरामिमा क्रमिक सुधार हुनु एक उपलब्धिनै मान्नु पर्छ  । एक पछि अर्का समस्या उत्पन्न हुनु उब्जिएका समस्यालाइ डाक्टर नर्स र औसधिको माध्याम द्वारा समस्या समाधान हुँदै जानू चक्र जस्तै भएको थियो । बिरामिको आत्माबल एउटा यस्तो उपचार पद्दती रहेछ जसको कारण हरेकले कोरोना जितिरहेका छन् ।
३९ दिन हस्पिटल बसाइ पनि कसरी बिते म त्यो सम्झन चाहान्न तर ती हरेक दिन  बिहान साढे ७ कहिल्यै नबजोस भन्थे । ए घण्टा त्यहा बिताउन मुस्किल नै पर्थ्यो आफ्नो बिरामी भेट्न पाउने खुसी त हुन्थ्यो नै तर सास फेर्न नसकेर  त्यहाँ छट्पटी रहेका बिरामिका पीडा मैले देख्न मात्र सक्थे । अनुभव गर्न हैन । कोहि खुसी हुन्थे वार्ड मा जाने भनेर त कोहि घर जाने  भनेर । अनि कोहि भक्कानिन्थे निलो झोलामा आफ्ना आफन्त प्याक भएको देखेर । हस्पिटल भित्र पसेर भगवान सँग पुकार्थे  यो दिन कहिल्यै नआवोस भनेर ।

उपचाररत भिनाजुको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । तर पूरा रुपले ठिक भने हुनुभएको छैन । र अब अस्पतालकाे आत्माबल बढेको छ केही सहजै अनुमान गर्न सकिन्छ बिरामिको स्वास्थ्यमा सुधार आएकै छ । भित्री अन्य कुनै रोग अथबा जटिल समस्या नआएमा केहिदिनमा उहामा उल्लेख्य सुधार आउने देझिन्छ । मनमा चिसो पस्छ डिस्चार्ज हुनै लाग्दा र भैसकेका बिरामिको मृत्युको  खबर सुन्दा ।
उपचारकै क्रममा केही नमिठो भोगाइ भोग्नु पर्यो । नेपालकै एक मात्र कोरोना अस्पतालमा जेनेरेटर र प्रसस्त ब्याकअप को ब्यबस्था नभएकै कारण्ले बत्ती जादा भेन्टिलेटरको बिरामी अन्यत्र सार्नुपर्यो आइसीयू खोज्नु भन्ने डाक्टरको भनाइ  र एक्छिन हस्पिटल बाट निस्केर न्युरोड पुग्दा तुरुन्त हस्पिटल आउनुपर्यो मदन भिनाजुको पाइप राखेर उपचार गर्नुपर्यो !! यी २ दिन मेरा लागि अझै कठिन नै बन्यो ।  एक जटिल रोग हो कोरोना  ।यो आफैमा कत्रो परिणामको छ थाहाछैन कसैलाइ पनि   कुन आकारमा छु त्यो पनि अनि म कहाँ कहाँ  असर पार्छु पनि भन्न सक्दैन । भित्री अङ्ग फोक्सो लाई प्रत्यक्ष रुपमा असर पार्दै स्वास्प्रस्वास मा स्मस्या ल्याउनु यसको मुख्य उदेस्य रहेछ देख्दा सानो लागेता पनि विशाल रोग हो। भिडभाडमा सुरक्षित बस्ने , माक्स्को नियमित प्रयोग गर्ने , सम्भब भएसम्म साबुनपानीले हात धुने , स्यानिट्राइजरको प्रयोग गर्ने आदि कुराहरुनै काेभिड १९ नसर्ने  र उत्तम बिकल्प रहेकाे पाए । रोग लाई कहिल्यै सानो नसम्झाैं मान्छेको ज्यान समेत लिन सक्ने भएकोले हामी सबैजना सचेत हुन जरुरी छ ।
सत्य घटनामा आधाारित
हाल टेकु अस्पताल