June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

मोडलिङलाई म कलाको रुपमा लिन्छु,सिजा चौलागाईंसँगकाे अन्तरवार्ता

कोशिश निरन्तर गर्नुपर्छ फल अवश्य पाइन्छ । कोशिस गर्नु नै सफलताको सिडि हो । कोशिसमा नै आफ्नो अनुभव देखिने र निखारिने हुन्छ । आफ्नो विधा एक भए तापनि कोशिस अनेक राख्यो भने त्यो मानिस सफल र सबल भन्न सक्छ, कोशिस गर्दा विजय र पराजय हुनु निश्चित नै छ । कोशिस गर्दा पराजय हुनु स्वभाविक पनि हो र त्यसबाट केहि सिक्ने मौका भने अवश्य पाइन्छ । त्यस्तै कुरालाई सिरोपर गर्दै अगाडि बढि रहेकि मिस नेपालकी प्रतिस्पर्धी हुन सिजा चौलागाईं । आफ्नो बिधा वित्त भएपनि उनि फोटो मोडलिङमा पनि उत्तिकै रुचि राख्छिन र उनि Miss Nepal जस्तो ठाउँमा गएर टप १२ सम्मको स्थानमा पुग्न सकिन । बाटोहरु कठिन अवश्य थिए मिस नेपालसम्म पुग्नको लागि, ति बाटाहरुलाई कतै सहजै त कतै कठिन त्यो उनिलाई मात्र थाहा होला । पाटनमा जन्मिएकी उनि हाल बालाजुमा बस्छिन । आफ्नो पढाई सकेर अहिले उनि Loan Processing Manager को रुपमा Home Loan Expert मा काम गर्छिन । पढाईमा पनि उनि अब्बल छिन् भने उनि खेलकुदमा र बतित्व कलामा झनै उत्कृष्ठ छिन् उनले विभिन्न पुरस्कार पनि जितेकी छिन् । उनको स्नाकोत्तरका लागि उनेले अमेरिकन छात्रवृत्ति पाएकी हुन । उनि यहाँ काठमाडौंमा बसेपनि उनको गृह जिल्ला भने रामेछाप हो मिस नेपालमा भाग लिदा पनि उनले आफ्नो गृह जिल्ला रामेछापलाई प्रतिनिधित्व गरेकि थिइन । उनको जन्म २०५३ कात्तिक १८ गते भएको हो । बुबा शिवप्रसाद चौलागाई र आमा जानकी कुमारी गौतमकी उनि जेठि छोरी हुन । सबै कुराको अनूभव लिनु पर्छ भन्ने कुरामा उनि धेरै विश्वास गर्छिन र सोहि अनुरुप आफु गर्दै र अरुलाई आफू चिनाउदै गरेकी छिन र सफल पनि भएकी छिन । यो सफलताका पछाडी रहेका विभिन्न आरोह अवरोहका बारेमा उनै सिजा चौलागाई संग नवराज हुमागाईले गर्नु भएको कुराकानी…

 आजकाल के मा व्यस्त हुनुहुन्छ ?

व्यस्त भन्दा पनि मेरो जुन काम छ अष्ट्रेलियन कम्पनिमा त्यहि काम नै गरिरहेको छु । लकडाउन भन्दा अगाडि चाँहि फोटोसुट, इभेन्ट थियो तर अहिले लकडाउन छ, हामी सबै घरमा नै छौं , त्यो बाध्यता पनि हो हामी सबैलाई, मेरो आफ्नो काम पनि घर बाटनै गरिरहेको छु । पहिलेको लकडाउन देखि नै मेरो काम घरबाट नै हुने गर्दथ्यो । त्यसको अलबा मलाई French मा रुचि थियो सिक्दै छु र यो बन्दाबन्दीमा पूरा गर्ने सोचेको छु । लगायत किताब पढ्दै छु, Series हरु हेर्छु ।

मोडलिङको के रहेछ ?

मोडलिङ, म कलाको रुपमा लिन्छु जुन आफ्नो असल तरिकाले देखाउन सक्ने कला नै मोडलिङ हो जस्तो लाग्छ मलाई । किनभने यसमा एक प्रकारको रचनात्मकता चाहिने गर्छ । तपाई क्यामेराको अगाडि उभिदैमा तपाई मोडल हुनुहुन्छ भन्ने हुदैन । त्यो क्यामेरा अगाडि उभिंदा चाहिने आत्मविश्वास, आफुमा जस्तो छ त्यसैलाई नै स्वीकारेर शक्ति र मनोवलका साथ आफूलाई पर्दामा उतारेर अरुको ध्यानआकर्षण गर्नु नै मोडलिङ हो ।

टप १२ सेमि फाइन्लिष्ट सम्म पुग्दाको अनुभव कसरी साट्नुहुन्छ  ?

टप १२ सम्म पुग्दा एकदम खुशि लागेको थियो । जीवनको चरम बिन्दुमा पुगेको किसिमको सबै भन्दा राम्रो क्षण र एक उत्कृष्टताको अनुभव भयो । मलाई आत्मविश्वास चाहिँ थियो टप १२ मा पुग्छु भनेर तर बढि Confident चाँहि थिईंन । मेरो Prejuding ले गर्दा पर्छु पर्छु भन्ने चाहिँ लागेको थियो । एक महिनासम्म त्यो Close camp मा बसेर गरेको मेहनत तर त्यो भन्दा अगाडि देखि जुन तयारि गरिरहेको थिएँ मैले त्यसको फल पाँए जस्तो अनुभूति भएको थियो टप १२ मा पुग्दा । मेहनतको फल त पाएँ मेहनत त सबैले गर्नुभएको थियो । यो पालीको टप १२ अलि फरक थियो, पहिला चाँहि सबै जना को नाम बोलाइन्थ्यो, सबै जना मञ्चमा गइसकेपछि निस्केर प्रश्न उत्तर को चरण हुन्थ्यो तर यो पाली टप १२ भन्ने बित्तिकै पालो पालो गरेर प्रश्न सोध्ने खालको थियो । त्यसैले खुशि र डर एकै पटक भएको अनुभूति भएको थियो । खुशि : किनकि म टप १२ मा पुगे, डर:किनकि जाने बित्तिकै प्रश्नको उत्तर दिनु पर्दथ्यो । त्यहाँ भएका सम्पूर्ण प्रतिस्पर्धी एकदम योग्य हुनुहुन्थ्यो, केहि न केहि पाइसकेको र केहि गर्नु पर्छ भन्ने हिसाबले आउनु भएको थियो । सबैजना राम्रो हुनुहुन्थ्यो र त्यो राम्रो मध्य पनि राम्रो म छानिएर म टप १२ सम्म आइपुगेर Judges ले मलाई प्रश्न गर्नु भएर मेरो आफ्नो विचार प्रस्तुत गरेर लाखौँ लाख दर्शकले हेर्नु, सुन्नु त्यो नै मेरो लागि ठूलो कुरा थियो । यदि म त्यहाँ नुपुगेको भए Judges संग जोडिन पाउदैन थिएँ, लाखौ लाख दर्शक श्रोता संग जोडिन पाउदैन थिएँ ।

Home Loan Expert बाट मोडलिङ जानूको उदेश्य ?

हामीले आफूलाई मन लाग्ने सबै कुराको कोशिस गर्नुपर्छ , म त्यो कुरामा विश्वास राख्छु । जस्तै तपाईलाई पत्रकारितामा रुचि छ त्यस संगसंगै तपाईलाई अलि अलि गीत पनि गाउन आँउछ भने त्यसलाई पनि कोशिस गर्नुस त्यस्तो कुरामा विश्वास राख्छु । त्यस्तै म पनि पहिला देखि नै औसत विद्यार्थी  थिएँ, खेलकूद (Basketball, Football र अन्य) र बक्तृत्व कलामा पनि रुचि राख्थें । आफूलाई प्रयास गर्न मन लागेको र गर्न सक्छु जस्तो लाग्ने कुनै पनि कुरा कोसिश गर्न हिच्किचाउदैन थिएँ । र मिस नेपाल पनि त्यहि नै थियो, सानै देखिको इच्छा, रहर र गर्नसक्छु भन्ने आत्मविश्वासले गर्दा मैले मिस नेपालमा जोडिएको थिए । जब म Miss Nepal मा गएँ मेरा साथीहरुलाई धक्का भएको थियो किनकि म त्यो क्षेत्रको थिइनँ तर रुचि थियो । उद्देश्य भन्दा पनि इच्छा थियो । 

यतिसम्म पुग्दा भिडियोको लागि प्रस्ताव आएन ?

मोडलिङ धेरै किसिमको हुन्छ, भिडियो मोडलिङ छुट्टै प्रकारको हो । जसमा चाँहि मलाई रुचि छैन । धेरै प्रस्ताव आयो तर म गइन । मलाई फोटो सुटहरु मात्र मन पर्छ तर यो लकडाउन केहि खुकुलो भएपछि भने Ramp हरु गर्ने विचारमा छु ।

बाहिरिदा आफ्नो मेहनत खेरा गएको लागेन ?

मेहनत खेरा गएको चाँहि मलाई अलिकति पनि लाग्दैन, किनकि म जाने बेलामा कि त जित्छु कि त सिक्छु भनेर गएको थिएँ । जम्मा ४ वटा मात्र शिर्षक (Title) थियो, बाँकि प्रतिश्पर्दीहरुले चित्त दुखाउने होइन त्यहाँ सिक्न गएको हो नि । म चाहि त्यहाँ सिक्न गएको थिएँ । मैले जिते पनि किनकि त्यहाँ भन्नुहुन्थ्यो “You have already won the invisible crown of your life “। मैले जीवनको अदृश्य मुकुट(Invisible Crown) जितेर आएँ । धेरै मान्छे संग परिचय भयो, विभिन्न बिधाका मानिसहरु आउनुहुन्थ्यो जोडिन पाएँ त्यसैले धेरै कुरा सिक्ने अवसर पाएँ ।

 एक्कासी मोडलिङमा किन ?

एक्कासी भन्दा पनि मैले धेरै सोचेर विचार गरेर गएको हो जुन मैले अघिल्लो प्रश्नमा भनिसके सबै कुरामा कोशिस गर्न मनपर्छ । पूरा समय दिन सकेको छैन मेरो काम भनेको Home Loan Expert नै हो, यसलाई चटक्कै छोडेर जान म सक्दिन । मेरो गरिरहेको काम Career  हो भने मोडलिङ मेरो रुचि र इच्छा मात्र हो । धेरैले भन्नुहुन्छ समय कसरी मिल्छ, मेरो कामको समय लचिलो र सहज भएकोले बाकिँ समयमा म अरु जे गर्न पनि पाँउछु । आफूलाई लाग्ने सबै काम कोशिस गर्नु भन्छु त्यस्तै मैले पनि गरेँ ।

आफूले केहि कमजोरी महसुस गर्नु भयो ?

कमजोरी खासै केहि थिएन । मैले कुनै पनि कुरा मा केहि कमि राखेको थिइन जस्ले गर्दा पछि गएर मलाई आत्माग्लानी होस कि मैले १०० प्रतिशत दिइन भनेर ।

 मिस नेपालमा पारदर्शीता कत्तिको रहेछ ?

पारदर्शीता भने अलि नभएको हो कि भन्ने लाग्यो । उहाँहरुले भन्नुहुन्थ्यो प्रस्तुती हेरेर अंक दिइन्छ तर त्यो अंक हामीलाई देखाउने थिएन । मलाई लाग्छ अन्तर्राष्ट्रिय प्याजेन्ट बाहेक अरुमा अंक देखाउने हुदैन र Miss Nepal मा पनि थिएन त्यो हिसाबले पारदर्शीता थिएन । हरेक बर्ष सुन्दै आएको हुन्छ, भित्रि राजनिती हुन्छ, आफ्नो चिनेको मान्छे पैसा खुवाएर विजेता बनाउछ । यसमा सत्यता छ छैन थाहा छैन मैले अनूभूति गर्न पाइन सबैलाई समान व्यवार नै गर्नुहुन्थ्यो । तर कहिले काहिँ कसैलाई अलि विचार गरेको हो कि जस्तो भान हुन्थ्यो किनकि मानव प्रकृती न हो, र त्यो एउटा प्रतिश्पर्दा नै थियो । 

अब आउने प्रतिश्पर्दीलाई के भन्नुहुन्छ ?

अब आउने प्रतिश्पर्दीलाई के भन्छु भने ; हरेक वर्ष गारो गारो भैरहेको छ, प्रतिश्पर्दा बढ्दै गइरहेको छ । त्यसैले आफू पहिले देखि नै तयारी हुन जरुरी छ, आफ्नो बोल्ने कला, सुन्दरता, कपडा आदिलाई अगाडि देखि नै ध्यान दिनुपर्छ । बस्ने शैली, हिड्ने शैली सम्पूर्ण अगाडि नै हेर्नु प¥यो । सबै भन्दा महत्वपूर्ण कुरा आफु, आफु बनेर जानु पर्छ तपाई जो होइन त्यो भएर जानु भयो भने तपाई पराजित हुनुहुन्छ । जुन तपाईको व्यत्तित्व होइन त्यो तपाईले प्रस्तुत गर्न खोज्दा २..३ दिन त सक्नुहुन्छ तर पछि सक्नु हुन्न, हाम्रो Trainer, Coach यति Expert हुनुहुन्छ कि त्यो कुरा केहि सेकेन्डमा पत्ता लगाउन सक्नुहुन्छ त्यसैले जे छ त्यहि प्रस्तुत गर्नुभयो भने अझै माथि जान सकिन्छ । म जित्छु भनेर हैन सिक्छु भनेर जानुपर्छ, त्यहाँ सयौँ प्रतिस्पर्धीहरु आफ्नो खुबि देखाउन आएका हुन्छन । त्यहाँ मध्य थोरै छानिनुहुन्छ र त्यस मध्ये पनि ४ वटा त्ष्तभि हुन्छ त्यसैले सिक्छु भनेर जानुपर्छ भन्न चाहन्छु ।

मिस नेपालबाट केहि कमाउनुभयो कि गुमाउनु भयो ?

गुमाउन त मैले केहि पनि गुमाइन यसमा कुनै दुइ मत नै छैन । तर कमाउनमा चाहिँ साथीहरु कमाए, आत्मबल र आत्मविश्वास कमाए ।Miss Nepal को यात्रा Self Reflextion र Self Realization भएको थियो । मैले आफुले कति सम्म गर्न सक्ने रैछु त कति सम्म मेरो क्षमता रहेछ त भन्ने आफुले चिन्न पाएँ । त्यहाँ हाम्रो जीवनका पाठहरु सिकाइन्थ्यो र त्यो पनि एउटा कमाई भयो । धेरै जोडाइहरु पाएँ कहि कतै गएर Miss Nepal को प्रतिस्पर्धी भन्दा हेर्ने दृष्टिकोण नै फरक हुन्छ । धरै कमाएका कुराहरु छन् जुन हातका औलामा गनेर सिमित छैन तर मन र मस्तिष्कमा सधैं रहने छ ।

आफूले पढेका कुरा कत्तिको लागू हुदो रहेछ ?

पढेको काम लाग्ने भन्दा पनि कुनै बेला आफूले पढेर जानेको कुरा चाँहि अरु सामु राख्न सकिन्थ्यो । ज्ञान बाढेको जस्तो हुन्थ्यो । मैले मलाई थाहा भएको मेरो विधाको कुरा बाढ्थेँ भने अरुले आफ्नो विधाको ज्ञान साट्थेँ । पढाई, सिकाई र अनुभवको वातावरण बन्थ्यो ।

टप १२ सम्म पुग्दा केहि दर्शक श्रोता पाउनुभयो होला के भन्नुहुन्छ ?

हजुर हो, टप १२ सम्म पुग्दा धेरैले मलाई ःभककबनभ गर्नुहुन्थ्यो तपाई भिडियो हेरेँ, तपाईको बोली मनपर्छ आदि इत्यादी भन्नुहुन्थ्यो । अहिलेपनि नजिते पनि तपाई राम्रो हुनुहुन्छ भन्नुहुन्छ, यो सुन्दा खुशि लाग्छ । मेरो मेहनत मान्छे सामु पुग्यो र देख्नुभयो । रामेछापलाई प्रतिनिधित्व गरेको थिएँ, आफ्नै जिल्लाबाशिको साथ राम्रो थियो । काठमाडौबाट धेरै हुनुहुन्थ्यो र बाहिरी जिल्लाबाट थोरै हुनुहुन्थ्यो त्यस मध्ये म पनि एक थिएँ । रामेछापको प्रतिनिधित्व गरेको हुनाले केहि समय चिया गफको माध्यम पनि भयो फलानो त रामेछापको पो रैछ भनेर, अहिले पनि आफ्नो जिल्ला बासिले कार्यक्रममा बोलाउनु हुन्छ, खुशि लाग्छ । आफ्नो जिल्लाको चेलि त्यहाँ सम्म पुग्दा उहाँहरु पनि खुशि हुनुहुन्थ्यो, मलाई भोट गर्ने हरेक नेपाली दीदीबहिनी दाजुभाईहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु । कहिले काँहि म पनि यति धेरै मान्छेको नजरमा छु र जस्तो लाग्छ र एकदम खुशि लाग्छ ।

अन्तमा के भन्नुहुन्छ ?

यो समय निकै नै जटिल छ । पहिलाको महामारी भन्दा यो पालीको भाइरस खतरनाक छ जुन हामी सबैलाई थाहा छ । सम्पूर्ण नेपाली र अन्य देश विदेशमा रहनु भएका दाजु भाई दिदि बहिनी बुबा आमा र सम्पूर्ण शुभ चिन्तक लाई आफ्नो ख्याल गर्नु र घरमै बस्न अनुरोध गर्छु । समयले साथ दिए हामी फेरि आफ्नो काम काजमा जाने नै छौँ । आशा छ यो केहि समयमा निर्मुल हुनेछ । मलाई माया गरिदिनुहुने सबै दर्शक श्रोतालाई धन्यवाद र नमन गर्न चाहन्छु र तपाई नवराज हुमागाईंले मेरो केहि कुरा राख्नको लागि स्थान दिनुभएको पनि धन्यवाद व्यक्त गर्न चाहन्छु । स्वस्थ रहौं, व्यस्त रहौँ र घरमा बसौं । 

शीर्ष समाचार

धेरै पढिएको