मुख्यमन्त्री पदबाट राजीनामा दिने केजरीवालको घोषणा

नयाँदिल्ली, आम आदमी पार्टीका राष्ट्रिय संयोजक एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले दुई दिनपछि राजिनामा दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
आइतबार उनले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको पदमा नबस्ने बताएका छन् । यदि जनताले आफूलाई भोट दिए भने यो आफ्नो ‘इमान्दारिता’को प्रमाण पत्र हुने उनले बताए ।
यसैगरी, आम आदमी पार्टी (आप) को कार्यालयमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री अरविन्द केजरीवालले भने, “म दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन गइरहेको छु। जनताले आफ्नो निर्णय नदिएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन । म हरेक घर र गल्लीमा जान्छु तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।”
दुई दिन अघि मात्रै जेलबाट जमानतमा रिहा भएका मुख्यमन्त्री केजरीवालले आगामी फेब्रअरीमा निर्वाचन हुने बताइएको र आफु महाराष्ट्रको चुनावसँगै नोभेम्बरमा चुनाव हुनुपर्ने मागसमेत गरेका छन् । एजेन्सी
प्रतिकृया दिनुहोस्