सडक विकासका लागि पाकिस्तानलाई एडिबीले ३२ करोड मिलियन अमेरिकी डलर ऋण दिने

मनिला, एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको सडक विकासका लागि ऋण दिने भएको छ । एडीबीले शुक्रबार खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सो प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई स्तरोन्नति गर्नेछ ।
एडीबीका अनुसार पख्तुनख्वा प्रान्तका केही भागमा वर्षा र तापक्रम उल्लेखनीय रूपमा बढेको छ भने मौसमी प्रकोपको प्रभाव र पूर्वाधार अभावले मानिसको जीविकोपार्जनमा कठिनाई बढाएको छ ।
यसैगरि परियोजनामा दुर्गम समुदायलाई शिक्षा, स्वास्थ्य सेवा तथा बजारसँग जोड्ने प्रमुख मार्गहरू समेटी जलवायु संरक्षण, सडक सुरक्षा वृद्धि, र दिगो मर्मत अभ्यासहरू समावेश छन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्