May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

अमेरिकी निर्वाचन: चुनाव जिते रुस-युक्रेन युद्ध तत्कालै अन्त्य गर्ने ट्रम्पको दाबी

Republican presidential nominee, former U.S. President Donald Trump speaks as Democratic presidential nominee, U.S. Vice President Kamala Harris listens as they attend a presidential debate hosted by ABC in Philadelphia, Pennsylvania, U.S., September 10, 2024. REUTERS/Brian Snyder

न्युयोर्क, अमेरिकामा हुने भावी राष्ट्रपति पदका दुई उम्मेदवारबीच टेलिभिजन बहस भएको छ । सो बहस मंगलबार राती ९ बजेबाट शुरु भएको थियो भने एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका हुन् ।

यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो । बहसमा पूर्वराष्ट्रपति समेत रहेका डोनाल्ड ट्रम्पले आफूले जितेमा रुस र युक्रेनबीचको युद्ध तत्कालै अन्त्य गर्ने दाबी गरे ।

यसैगरी अर्की उम्मेदवार ह्यारिसले ट्रम्प राष्ट्रपति भइरहेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनमा हुने बताइन् ।

अमेरिकाको आर्थिक र हतियार सहयोगककै कारण युक्रेन स्वतन्त्र मुलुकका रुपमा खडा हुन सकेको उनको दाबी छ । बहसका दौराना आप्रवासन, रुस युक्रेन युद्ध, इजरायाल गाजा तनाव लगायतका विविध विषयमा बहस भएको थियो ।एजेन्सी