November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तिमा ३० को मृत्यु, ५० जना घाइते

इस्लाम्बाद, पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । सिन्ध प्रान्तको घोट्की जिल्लाको डहरकीमा सोमवार मिल्लत एक्सप्रेस र सर सैयद एक्प्रेस रेल आपसमा ठोक्किएका हुन् ।

त्यहाँका स्थानिय सञ्चारमाध्यम डनका अनुसार कराचीबाट सरोगोधा गइरहेको मिल्लत एक्सप्रेस र रावलपिन्डीबाट आइरहेको सर सैयद एक्सप्रेस राइती रेल्वे स्टेसननजिकै ठोक्किएका हुन् ।

प्रहरीका अनुसार मिल्लत एक्सप्रेसका दुर्घटनाग्रस्त डिब्बामा अझै पनि १५ देखि २० जना यात्रु फसेका छन् । उनीहरुको उद्धार कार्य जारी रहेको घोट्कीका एसएसपी उमर तुफैलले बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको