October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

चिनियाँ राष्ट्रपतिद्वारा सिरियाका पुनः निर्वाचित समकक्षी असदलाई बधाई

बेइजिङ, चिनियाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपतिमा पुनः निर्वाचित बसर अल असदलाई बधाई दिएका छन् । राष्ट्रपति सि जिनपिङले सोमबार सिरियाली नवनिर्वाचित राष्ट्रपति बसर अल असदललाई बधाई सन्देश पठाएका हुन् ।

सिरियामा भर्खरै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बसर अल असद निर्वाचित भएका थिए । राष्ट्रपति सि जिनपिङले उक्त सन्देशमा चीन र सिरिया आपसका मित्र राष्ट्र हुन् भन्दै यी दुई देशका बीचको मैत्री तथा कूटनीतिक सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताएका छन् । राष्ट्रपति सि जिनपिङले सिरिया चीनसँग कूटनीतिक सम्बन्धलाई स्थापना गर्ने र कायम राख्ने अरबको एउटा पुरानो देश हो भनेका छन् ।

यस्तै आगामी दिनमा सिरियाका राष्ट्रपति असदको समयमा चीन र सिरियाबीचको सम्बन्ध थप सुदृढ बन्ने विश्वास पनि राष्ट्रपति सि जिनपिङले सो सन्देशमा व्यक्त गरेका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको