April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ६२ हजार पुग्यो

ब्रासिलिया, ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी नआएको बताइएको छ । त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार आइतबार मात्र ८७४ संक्रमितको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा आइतबारसम्म कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन ।

अधिकारीहरुले संक्रमितहरु यहाँका अस्पतालहरूमा ठूलो संख्यामा रहेका पाइएको छ भने बिरामीको चाप थेग्न सकेका छैनन् । त्यहाँ गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२० जना संक्रमितहरु थपिएका छन् ।

ब्राजिलमा हालसम्म १ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ब्राजिलका अधिकारीहरुले यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी रहेको बताएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको