October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

गाेप्य रुपमै बेलायती प्रधानमन्त्री जाेनकाे बिवाह सम्पन्न

काठमाडौं, जेठ १६ गते । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन गोप्य समारोहमा वैवाहिक बन्धनमा बाँदिएका छन् । उनले केरी सिमोन्ड्ससँग वेष्टमिन्स्टर केथेड्रलमा आयोजित एक गोप्य समारोहमा बैवाहिक बन्धनमा बाँधिएका हुन् ।

बीबीसीका अनुसार बेलायतबाट प्रकाशन हुने बिभिन्न पत्रपत्रिकाले आफ्नो केही समीप्य तथा परिवारका सदस्यहरुको उपस्थितिमा शनिबार जोनसनको विवाह सम्पन्न भएको उल्लेख गरेको छ । तर बेलायती प्रधानमन्त्रीको कार्यालयले भने उक्त विषयमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ । रोजगार तथा निवृत्तभरण मन्त्री थेरेस कफीले ट्वीट गर्दै दुबैजना वैवाहिक बन्धमा बाँधिएकोमा बधाई दिएका छन् ।

उत्तरी आयरल्याण्डका मन्त्री आर्लन फोस्टरले समेत बधाई दिएका छन् । द मेलले आफ्नो आइतबारको अङ्कमा छोटो सूचनमा वैवाहिक कार्यक्रममा ३० जना पाहुना आमन्त्रित गरिएको उल्लेख गरेको छ । सन् २०१९ मा नै ३३ वर्षीया सिमोन्ड्स र ५६ वर्षका बोरिस जोनसनबीचको सम्बन्ध चर्चामा आएको थियो । पछि दुबैजनाले सन् २०२० को फेब्रुअरीमा आफूहरु सम्बन्धमा रहेको जनाएको र सिमोन्ड्स गर्भवती रहेको जनाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको