October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

भारतमा पछिल्लो ४६ दिन यताकै सबैभन्दा कम संक्रमित थपिए

नयाँदिल्ली, भारतमा गत २४ घण्टामा थप एक लाख ६५ हजार नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका सङ्क्रमित पछिल्लो ४६ दिन यताकै सबैभन्दा कम हो ।

योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७८ लाख ९४ हजार ८०० पुगेको छ । गत २४ घण्टामा तीन हजार ४६० सङ्क्रमितको मृत्यु भएको छ भने भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट तीन लाख २५ हजार ९७२ जनाको मृत्यु भएको छ ।

भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ लख १४ हजार ५०८ छ । पछिल्लो चौबीस घण्टामा दुई लाख ७६ हजार ३०९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ५४ लाख ५४ हजार ३२० जना कोरोनामुक्त भएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको