April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

अफगानिस्तानमा एकैदिन ५९ जना मारिए

  • 40
    Shares
file photo

काबुल, अफगानिस्तानमा पछिल्लो २४ घण्टामा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । 

विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकुको ज्यान गएको अफगान युद्धको अनुगमन गरिरहेको समूहले जनाएको छ । 

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।एजेन्सी
 

शीर्ष समाचार

धेरै पढिएको