January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

अमेरिकामा एकैदिन २ लाख २५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

  • 22
    Shares

वासिङ्टन, अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । गत २४ घण्टामा अमेरिका २ लाख २५ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि गत शनिबार २ लाख २४ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

२ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला दिनमा लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ ।

नयाँ संक्रमीत थपिएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५८ लाख २० हजार ४२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख २६ हजार ४११ जना संक्रमणमुक्त भएका छन् । 

उपचार गराइरहेका ६२ लाख ९६ हजार ९३३ जनामध्ये २७ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८९६ हजार नाघेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको