January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

अमेरिकामा फेसबुक टुक्र्याउन माग गर्दै मुद्दा दर्ता

  • 8
    Shares

काठमाडौं, सामाजिक सञ्जाल फेसबुकमाथि गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको आरोप लागेको छ ।

अमेरिकाका संघीय नियाम निकाय र ४८ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले गैरकानुनी कदम चालेको भन्दै फेसबुक बिरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले सो कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन् ।

फेसबुकमाथि साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई ’किन्ने वा सिध्याउने’ शैली लिएको आरोप लगाइएको छ । यो मुद्दालाई फेसबुकविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा उल्लेख्य कानुनी कदम मानिएको छ ।

अभियोजनकर्ताहरूले अदालतलाई फेसबुकलाई टुक्राउने विषयमा सोच्न समेत भनेका छन् । अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत फेसबुककै लगानी छ । फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किनेको थियो ।

इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग मुद्दामा गरिएको छ ।बीबीसी

शीर्ष समाचार

धेरै पढिएको