January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

पद सम्हालेको १०० दिनमा १० करोड अमेरिकीलाई खोप दिने बाइडेनको प्रतिबद्धता

  • 24
    Shares

वासिङ्टन, अमेरिकी राष्ट्रपतिमा जो बाइडनले आफुले पद सम्हालेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोभिड विरुद्धको खोप दिने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने भएपनि संक्रमणको अवस्थामा सुधार ल्याउने वाचा उनले गरेका हुन् ।

जनवरी २० मा कार्यकाल शुरु गर्दा हुने स्वास्थ्य कार्यदललाई परिचय गराउदै उनले एक सय दिनसम्म मास्क लगाउन आग्रह पनि गरे ।

यसैबीच अमेरिकी नियामकले फाइजर र बायोएन्टेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ ।

औपचारिक निर्णयका लागि एफडिएको बैठक बिहीबार हुँदैछ । त्यस्तै राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा सो आदेशले कसरी काम गर्छ कि गर्दैन भन्ने अझै खुलेको छैन ।

उनले केही दिनमा नियामक खाद्य तथा औषधि निकायले खोपको प्रयोगका लागि स्वीकृति दिनेमा आफू आशावादी भएको उल्लेख गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको