January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

भारतमा किसानद्वारा आज देशव्यापी रूपमा बन्दको आह्वान

  • 10
    Shares

काठमाडौं, भारतका किसानले मंगलबार देशव्यापी रूपमा भारत बन्दको आह्वान गरेका छन् । 

भारतीय संसद सरकारले ल्याएको कृषिसम्बन्धी तीन विधेयक पारित गरेपछि त्यहाँका किसान १३ दिनदेखि देशव्यापी आन्दोलनमा छन् । सरकारसँग पाचौं पटक वार्ता हुँदा पनि परिणाम केही निस्केको छैन ।

किसान नेताहरु तीनवटै कानुन फिर्ता हुनुपर्ने अडानमा छन् । उनीहरुले नयाँ कानुनले परम्परागत मन्डी व्यवस्थालाई सिध्याउने, समर्थन मूल्य लागू नहुने र ठूला व्यापारी र कर्पोरेट मोटाउने तर, किसानलाई घाटामात्रै हुने दाबी गरिरहेका छन् ।

किसानहरुले विहान ११ बजेदेखि दिउँसो तीन बजेसम्मका लागि चक्काजाम आह्वान गरेका छन् । यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन हुनेछन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको