January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

सबै अमेरिकीलाई एक सय दिन मास्क लगाउन बाइडेनको आग्रह

  • 1
    Share

वासिङ्टन, अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सबै अमेरिकीलाई एक सय दिन अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।

आफ्नो कार्यकालको पहिलो सय दिन सबै अमेरिकीलाई मास्क लगाएर सहयोग गरिदिन आग्रह गर्ने उनले बताएका हुन ।

उनले सिएनएनसँगको कुराकानीमा हरेक अमेरिकीले मास्क लगाएमा कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा कम हुने विश्वास व्यक्त गरेका हुन । सबै सरकारी भवनहरुमा मास्क अनिर्वाय गर्ने पनि उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपतिसँग अमेरिकीलाई मास्क लगाउन आदेश दिने कानूनी अधिकार छैन । तर बाइडेनले आफू र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले मास्क लगाएर उदहारण प्रस्तुत गर्ने बताएका छन ।

नोभेम्बर तीनमा भएको चुनावमा विजयी भएका बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिदैछन । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको