January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

भारतमा कोरोना संक्रमितको सङ्ख्या ९५ लाख नाघ्यो

  • 1
    Share

नयाँदिल्ली, भारतमा कोरोना संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ ।

भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८९ लाख ७३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ५२६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६४८ पुगेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १४ करोड ३५ लाख नमूना परीक्षण गरिएको जनाएको छ । भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक गत नोभेम्बर ७ मा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए । भारतीय राज्य महाराष्ट्रमा सक्रिय संक्रमितको संख्या अझै ८८ हजार ५३७ छ । यस राज्यमा ४७ हजार ३५७ जनाको मृत्यु भइसकेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको