January 23, 2021, Saturday
२०७७ माघ ११, आईतवार

पुनः एक पटक अमेरिकी राष्ट्रपति बन्ने दाबी ट्रम्पको

  • 14
    Shares

वासिङ्टन, हालै ‍भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पराजय व्यवहोरेका डोनाल्ड ट्रम्पले आफू पुनः एक पटक अमेरिकाको राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

जो बाईडेनसँग चुनाव हारेका ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित क्रिसमस पार्टीका क्रममा सो दाबी गरेका हुन् । 

ट्रम्पले २३२ इलेक्टोरल भोट पाउदा बाइडेन ३०६ इलेक्टोरल भोटसहित विजयी भएका थिए। ७४ मतले पराजित भए पनि यद्यपी ट्रम्पले अझैसम्म आफ्नो हार स्वीकारेका छैनन् ।

बुधबार ह्वाइट हाउसमा ट्रम्पले एक क्रिसमस पार्टी आयोजना गरेका थिए । पार्टीमा ट्रम्पका निकट ब्यक्तिहरु मात्र सामेल रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। 

अन्तराष्ट्रिय सञ्चारमाध्यम अनुसार उक्त कार्यक्रममा उनले ह्वाइट हाउसमा आफ्नो ४ वर्षको कार्यकल शानदार भएको बताएका थिए । अझै ४ वर्षका लागि आउन खोजे पनि यस पटक त्यो सपना पुरा नभएको उनले स्वीकारेका थिए ।

सन् २०२४ मा हुने निर्वाचनलाई लक्षित गर्दै एक पटक फेरि ह्वाइटहाउस आउने उनले बताए । उक्त पार्टीमा रिपब्लिकन पार्टीका सिनियर नेताहरूको सहभागिता थियो ।

शीर्ष समाचार

धेरै पढिएको