December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

इटालीमा नयाँ नियमसहित पुनः लकडाउन

  • 18
    Shares

इटाली, युरोपमा दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन गरिएको छ । इटालीको विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले कडा निययहरु लागू गर्ने भएको छ ।

इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ । यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा अहिले कोरोनाका कारण बढिरहेको अत्याधिक चाप कम गर्न लकडाउन आवश्यक रहेको जानकारी गराएका थिए ।

शुक्रबारदेखि सुरु हुने लकडाउन दुई हप्ताको लागि हुने छ। संक्रमणको संख्या कम हुँदै गएमा लकडाउन हटाउन पनि सकिने प्रधानमन्त्री कन्तेले जानकारी गराएका थिए ।

लकडाउनका लागि जारी गरिएका नियम भने इटालीमा पहिलोपटक मार्च महिना लकडाउन हुदाको जस्तै छन् । रेड जोन घोषणा गरिएका प्रदेशहरूमा मानिसहरुलाई बाहिरबाट आउन र आफू बसेको ठाउँ छोडेर निस्कन बन्देज लगाइएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको