December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

निर्वाचित हुन नदिन धाँधली गरेको ट्रम्पको आरोप, वैध मतका आधारमा आफू विजयी भएको दाबी

  • 15
    Shares

वासिङ्टन, आफूलाई निर्वाचित हुन नदिनका लागि डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा उनले वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका हुन् ।

उनले कुनै पनि प्रमाण विना चुनावमा धाँधलीको आरोप लगाएका हुन् । उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने बताएका छन् । डेमोक्रेटहरुले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर लगेको आरोप लगाएका हुन् ।

उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए । उनले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् ।

निर्णायक राज्यहरुमा अहिले मतगणना भइरहेको छ र ती राज्यमा अहिले अधिकांश रुपमा हुलाक मार्फत आएका मत गणना हुन बाँकी छ । हाल जर्जिया, पेन्सिलभेनिया र नर्थ क्यारोलाइना तथा अलास्कामा ट्रम्प अघि रहेका छन् ।

अलास्का ट्रम्पले जित्ने लगभग पक्का भए पनि जर्जिया र पेन्सिलभेनियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिएका छन् । एरिजोना र नेभाडा राज्यमा जो बाइडेन अघि रहेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको