December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

अमेरिकामा एकैदिन १ लाख २ हजार बढिमा कोरोना पुष्टि

  • 28
    Shares

वासिङ्टन, अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार बुधबार अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको पुष्टि गरेको छ ।

अमेरिकामा कोरोनाको पहिलो केस देखिएयता पहिलो पल्ट एकैदिन ६ अंकमा संक्रमित भेटिएका हुन् । यो हप्ता मात्रै अमेरिकामा ६ लाखभन्दा बढीमा संक्रमण देखिएको छ ।


विज्ञहरुले जाडो सुरु भएसँगै कोरोना संक्रमण बढ्न सक्ने चेतावनी दिइरहेका बेला अमेरिकामा दिनदिन संक्रमणले रेकर्ड कायम गरिरहेको छ । पछिल्लो समय अमेरिकाका कन्सास, टेनिसी, भर्जिनिया, ओक्लाहोमा, मोन्टाना, आयोवा ओहायोलगायतका राज्यहरुमा कोरोना संक्रमण धेरै बढिरहेको बताइएको छ ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९४ लाख ८६ हजार ६ सय ७७ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ७ सय २९ रहेको छ । कोरोना पुष्टि भएकामध्ये ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको