November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

उत्तर कोरियाका सार्वजनिक स्थानमा धूम्रपान निषेध

  • 15
    Shares

सिओल, उत्तर कोरियाको सुप्रीम पीपल्स एसेम्ब्लीले नागरिकहरूलाई “स्वास्थ्यकर बासस्थानको वातावरण” प्रदान गर्न केही सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्ध लगाएको छ ।

सुर्तीजन्य बस्तु रोक्न कानूनले चुरोट उत्पादन र बिक्रीमा कानुनी र सामाजिक नियन्त्रणहरू कडा गरी उत्तर कोरियालीहरूको जीवन र स्वास्थ्यको रक्षा गर्ने लक्ष्य राखेको हो ।

केसीएनएका अनुसार कानूनले तोके अनुसार राजनीतिक र वैचारिक शिक्षा केन्द्रहरू, थिएटर तथा सिनेमाघर र चिकित्सा तथा सार्वजनिक स्वास्थ्य सुविधा प्रदान गर्ने जस्ता विशिष्ट स्थानहरूमा धुम्रपान प्रतिबन्ध लगाइएको छ ।

उत्तर कोरियामा धूम्रपान सेवन गर्नेको दर उच्च रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उत्तर कोरियामा २०१३ सम्ममा ४३.९ प्रतिशत पुरुषले धूम्रपान गरेको पाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको