December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

आत्महत्याका लागि बाध्य पारेको आरोपमा भारतीय पत्रकार गोस्वामी पक्राउ

  • 28
    Shares

मुम्बई, भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक तथा पत्रकार अर्नब गोस्वामीलाई बुधबार पक्राउ गरेको छ । 

अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेका हुन् ।

यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो । अर्नबको घरमा खानतलासीसमेत गरेको मुम्बई प्रहरीले जनाएको छ ।

अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआईडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो ।

भारतका गृहमन्त्री अनिल देशमुखले मृतक डिजाइनर अन्वय नाइककी छोरी आज्ञा नाइकले बाँकी पैसा नदिएको बारेमा जाँच नभएको दाबी गर्दै आएको छन् । उनका अनुसार यहीँ कारणले डिजाइनर र उनकी आमाले आत्महत्या गर्न बाध्य भएका हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको