December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

अमेरिकी राष्ट्रपति निर्वाचनको सुरुवाती नतिजामा बाइडेनको अग्रता, ट्रम्प र बाइडेनबिच कडा प्रतिस्पर्धा हुने अनुमान

  • 9
    Shares

वासिङ्टन, अमेरिकामा हिजो मंगलबार भएको मतदानको कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ ।

चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिएका छन् । इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा देखिएको छ ।

अहिलेसम्म दशवटा राज्यको मतगणना सकिँदा बाइडेनले ४४ र ट्रम्पले ४२ इलेक्ट्रोल कलेजमा जित हासिल गरेका छन । बहालवाल राष्ट्रपति रिपब्लिकन डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।

हरेक राज्यको जनसंख्याको आधारमा इलेक्टोरल कलेजको मत निर्धारित हुन्छ । जित्नका लागि उम्मेदवारले कम्तीमा २ सय ७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ ।

यो पटक अमेरिकी मतदाताले कङ्ग्रेसका लागि नयाँ सदस्य पनि छान्दैछन् । ७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको