November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

भिएनाका विभिन्न स्थानमा भएको आतंकवादी आक्रमणमा परी २ जनाको मृत्यु, १५ घाइते

  • 3
    Shares

भिएना, अस्ट्रियाको राजधानी भिएनाका विभिन्न छ स्थानमा आतंकवादी आक्रमणमा परी २ जनाको मृत्यु भएको छ । आक्रमणमा संग्लन एक आक्रमणकारी र एक सुरक्षाकर्मीको आक्रमणमा मृत्यु भएको हो । अन्य पन्ध्र जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्रहरी पनि रहेका छन् ।

सो आक्रमणमा प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको थियो । आक्रमणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुकसहित आएका व्यक्तिहरूले छ वटा फरक फरक स्थानमा गोली चलाएका हुन ।

यहुदी प्रार्थना स्थल नजिकै आक्रमण भएको हो । आक्रमणपछि स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न निर्देशन दिएको छ ।

घटनापछि प्रहरीले प्रति–आतंकवादी कारबाही अघि बढाएको छ । आक्रमणमपछि भियनामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको