November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

अफगानिस्तानको विश्वविद्यालयमा बन्दुकधारीको आक्रमणबाट कम्तिमा २२ जनाको मृत्यु

  • 7
    Shares

काबुल, अफगानिस्तानको राजधानीस्थित काबुल विश्वविद्यालयमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा २२ जनाको मृत्यु भएको छ । लामो समयसम्म चलेको आक्रमणमा थप २२ जना घाइते भएका छन् ।

सोमबार बन्दुकधारीले विश्वविद्यालयमा प्रवेश गरि गोली प्रहार गरेका हुन । सो क्रममा सुरक्षाकर्मी र बन्दुकधारीबीच विश्वविद्यालयमा तीन घण्टासम्म भिडन्त भएको थियो ।

सुरक्षा कारबाहीमा तीन बन्दुकधारी मारिएका छन् ।इस्लामिक स्टेटको क्षेत्रीय समूहले आक्रमणको जिम्मा लिएको छ । विश्वविद्यालयमा इरानियन पुस्तक मेला हुन लाग्दा आक्रमण भएको हो ।

विश्वविद्यालय आक्रमणमा ज्यान गुमाएकाको सम्झनामा सरकारले मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा पनि गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको