November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

अमेरिकामा ५८ औं राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै

  • 2
    Shares

वासिङ्टन, अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । चुनावपछि अमेरिकाले पाँचबर्षे कार्यकालका लागि राष्ट्रपति चुन्नेछ ।

५८ औं राष्ट्रपति छान्नका लागि अमेरिकामा हुने चुनावमा हालको राष्ट्रपति अर्थात् रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।

हुलाक र मतदान केन्द्रमै गएर हालसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरिसकेका छन् ।

जुन संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो । अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड रहेको छ । अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता संख्याको ६२ प्रतिशत हो ।

मंगलबार राष्ट्रपतिसँगै सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका संसद, गभर्नरसहितका लागि मतदान हुँदैछ । यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४ सय ३५ सिटको पनि निर्वाचन हुँदैछ ।

अमेरिकी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदैनन । अमेरिकाका प्रत्येक राज्यबाट दुई दुई जना गरी एक सय सिनेटर, तल्लो सदनका ४ सय ३५ र डिस्ट्रिक अफ कोलम्बियाका तीनसमेत गरी ५ सय ३८ जनाको कलेज डेलिगेट्स अर्थात् इलेक्टोल कलेज रहन्छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको