December 4, 2020, Friday
२०७७ मंसिर २०, शनिबार

टर्किमा गएको शक्तिशाली भुकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

  • 1
    Share

इज्मीर, टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सो भूकम्पको सम्पूर्ण क्षतिको विवरण भने प्राप्त भएको छैन ।

हालसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ । भूकम्पबाट ९६२ जना नागरिक घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

उक्त विभागकाअनुसार ती घाइतेमध्ये २१९ जना अहिले पनि उपचाररत रहेका छन् भने अरु अस्पतालबाट डिस्चार्ज भएका पनि सो विभागमा अधिकारीहरुले जानकारी गराएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको