December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ६४ लाख नाघ्यो

  • 9
    Shares

वासिङ्टन, विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ६४ लाख २० हजार ९ सय ४० जना संक्रमित भएको तथ्यांक रहेको छ ।

विश्वभर कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ९९ हजार नाघेको छ । पछिल्लोपटक प्राप्त तथ्यांक अनुसार ११ लाख ९९ हजार ५ सय १ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

कोरोनाको प्रभाव सबैभन्दा बढी देखिएको अमेरिकामा संक्रमितको संख्या ९१ लाख ९९ हजार ५ सय २३ पुगेको छ । त्यस्तै भारतमा ८१ लाख ८४ हजार ८२, ब्राजिलमा ५५ लाख ४५ हजार ७ सय ५ र रुसमा १६ लाख २४ हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ ।

योसँगै अमेरिकामा २ लाख ३० हजार ९ सय ३४, ब्राजिलमा १ लाख ६० हजार ७४, मेक्सीकोमा ९१ हजार ७ सय ५३, बेलायतमा ४६ हजार ८ सय ७, इटालीमा ३८ हजार ८ सय २६ जनाको मृत्यु भएको छ

सोमबार बिहानसम्मकोथ्यांक अनुसार विश्वभर तीन करोड १ लाख ९ हजार ७ सय ६० जना संक्रमणमुक्त भएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको