March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

टर्कीमा गएको शक्तिशाली भुकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो

टर्की, टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा नाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो । तर ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।

भूकम्पका कारण अहिलेसम्म ८०० जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको