December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

फ्रान्समा ग्रिक अर्थोडक्समाथि अन्धाधुन्ध गोली प्रहार

  • 7
    Shares

लियोन, फ्रान्सको लियोन शहरमा अन्धाधुन्ध गोली आक्रमण भएको छ । आक्रमणकारीले एकजना ग्रीक अर्थोडक्स पादरी निकोलस काकाभेलायकिस माथि गोली चलाएका हुन् ।

अर्थोडक्सको पेटमा दुई गोली लागेकोली उनको अवस्था गम्भीर रहेको छ । अन्धाधुन्ध गोली चलाएर फरार आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको कारण भने खुलेको छैन ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मुसलमानप्रति अनुदार मानिने फ्रान्समा बारम्बार इस्लामिक जिहादीहरुले आक्रमण गर्ने गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको