December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

कोरोना संक्रमितको सङ्ख्या बढेपछि बेलायतमा दोस्रो देशव्यापी लकडाउन

  • 8
    Shares

बेलायत, कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि बेलायतले दोस्रो पटक बन्दीबन्दी (लकडाउन) को घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरेका छन् ।

यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।
युराेपमा काेराेना संक्रमण पुनः तीव्र हुँदै गएपछि यसअघि फ्रान्सले दाेस्राे लकडाउन घाेषणा गरिसकेकाे छ । यसमा बेलायत पनि थपिएकाे हाे ।

यसपटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ ।

पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको