December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

नाइजेरियामा स्कुल बस र ट्रक आपसमा ठोक्किदा २१ जनाको मृत्यु

  • 13
    Shares

नाइजेरिया, नाइजेरियामा एउटा स्कूल बस र ट्रक एक आपसमा ठोक्किंदा २१ जनाको मृत्यु भएको छ । शुक्रबार भएको उक्त दुर्घटनामा मृत्यु हुनेहरु अधिकांश बालिबालिका रहेको बताइएको छ ।

प्रहरीका अनुसार, ट्रकको ब्रेक फेल भएपछि बससँग ठोक्किन पुगेको थियो । बसमा ६१ जना बालबालिका रहेको बताइएको छ । जसमध्ये २० को मृत्यु भएको हो । घटनामा एकजना शिक्षकको पनि निधन भएको छ ।

मृतकहरु क्याथोलिक डायोसिसद्वारा सञ्चालिन प्रेजेन्टेसन नर्सरी एण्ड प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थी थिए ।

शीर्ष समाचार

धेरै पढिएको