December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

अर्मेनिया-अजरबैजान युद्धको हवाई हमलामा परी नौ बालबालिकाको मृत्यु

  • 12
    Shares

अजरबैजान, अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको भूमि विवादका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको मृत्यु भएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो ।

अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नाे काराबाखमा द्धन्द्ध जारी रहेको छ भने त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् ।यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्धन्द्ध जारी नै रहेको छ ।

अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिएका हुन् । उनले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरुको भएको दुई देशबीचको द्धन्द्धका कारण नौ जना छात्रछात्राको ज्यान गएको बताएका हुन् ।

दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आक्रमण जारी रहेको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको