December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अन्तिम चुनावी अभियान तीव्र

  • 11
    Shares

वासिङ्टन, अमेरिकामा आगामी मंगलबार हुने राष्ट्रपतीय निर्वाचनमा अन्तिम चुनावी सभा तीव्र पारेको छ ।

नोभेम्बर ३ मा हुने निर्वाचनका लागि वर्तमान रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति समेत रहेका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले चुनावी अभियान तीव्र पारेका हुन् ।


यसअघिको चुनावमा ट्रम्पले दश अंकको फराकिलो जित हासिल गरेको आयोवामा बाइडेन राष्ट्रपति ट्रम्पमाथि आक्रमक रुपमा प्रस्तुत भएका छन ।

बाइडेनले शुक्रबार विस्कनसिन र मिनेसोटामा चुनावी सभा गरेका छन् । मिनेसोटाको चुनावी सभामा बाइडेनलाई ट्रम्पका समर्थकले अवरोध गर्ने प्रयास समेत गरे ।

चार वर्ष पहिलेको चुनावमा हिलारी क्लिन्टनको पक्षमा गएका मिनेसोटामा ट्रम्पले समर्थन जुटाउने प्रयास गरेका छन् । ट्रम्पले पछिल्ला दिनमा डेमोक्रेटिक राज्यहरु मिशिगन, विस्कनसिन र पेन्सिलभेनियामा आफुलाई केन्द्रित गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको