December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

अमेरिकामा जनवरीको मध्यसम्म दैनिक मृत्युदर तीन गुणाले बढ्ने विज्ञको चेतावनी

  • 18
    Shares

वासिङ्टन, संयुक्त राज्य अमेरिकामा बिहिवार हालसम्मकै उच्च कोभिड-१९ का सङ्क्रमित थपिएका छन् । अमेरिकामा बिहिवार एकैदिन ९० हजार ४४६ वटा घटना रिपोर्ट गरिएको थियो । जनवरीको मध्यसम्म कोरोना संक्रमितको दैनिक मृत्युदर तीन गुणाले बढ्ने विज्ञहरुले चेतावनी दिएकाे छ ।

अक्टोबर २ मा अमेरिकामा कोरोना भाइरसका ८८ हजार ५२१ नयाँ घटनाहरू रिपोर्ट गरिएको थियो । अमेरिकामा जम्मा ८,९४४,९३४ र कम्तिमा २ लाख २८ हजार६५६ जनाको मृत्यु भएको छ । “यो महामारीको लागि अहिलेको सबैभन्दा गाह्रो बिन्दु हो – अर्को दुई महिना,” अमेरिकी खाद्य तथा औषधि प्रशासनका पूर्व आयुक्त डा स्कट गोटलिबले सीएनबीसीको “स्क्वाक बक्स” मा बिहिवार एक अन्तर्वार्तामा बताएका छन् ।

उनले भने “हामी अहिले आफ्नो गार्ड छोड्न सक्दैनौं।” युनिभर्सिटी अफ वाशि वासिङ्टन स्कूल अफ मेडिसिनको स्वास्थ्य मेट्रिक्स र मूल्यांकन संस्थानले जनाएको छ, “जनवरीको मध्यसम्ममा २,२५० अमेरिकीहरू हरेक दिन कोरोनाभाइरसबाट मर्नेछन जुन हालको दरभन्दा तीन गुणा बढी छ ।” “यदि राज्यले पुनः आदेश लागू गरी बढ्दो संख्यामा प्रतिक्रिया जनाएन भने समान मितिमा मृत्युदर ५ लाख १४ हजारसम्म पुग्न सक्छ” आईएचएमईले आफ्नो पछिल्लो पूर्वानुमानमा भनेको छ ।

शीर्ष समाचार

धेरै पढिएको