May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

कस्मिरमा आतंककारीद्वारा गोली हानी भाजपाका नेतासहित ३ जनाको हत्या

  • 21
    Shares

कस्मिर, भारतको दक्षिणी कस्मिरको कुलगाममा गए राति आतंककारीले गोली हानेर भारतीय जनता पार्टी (भाजपा)का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन् । हत्या गरिएका हुसैन कुलगाम भाजपा युवा मोर्चाका महासचिव रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सञ्चारमाध्यमका अनुसार हुसैनसहित उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको हत्या भएको छ । एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुईको अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भएको हो । हुसैन कारमा कार्यकर्ताका साथ काजिगुन्डस्थित घरमा जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो ।

द रजिस्टेन्स फ्रन्ट नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ । यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको