May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

भियतनाममा छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी १६ जनाको मृत्यु

क्वाङ, भियतनामको क्वाङ नाम प्रदेशका दुई गाउँमा बुधबार राति गएको पहिरोमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ३७ भन्दा बढी बेपत्ता भएका छन् ।

दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोपछि क्वाङ नाम प्रान्तका दुई गाउँका मानिस बेपत्ता भएका छन् ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकले पहिरो प्रभावितको उद्धारका लागि आवश्यक सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन् ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्दारका लागि सेना परिचालन गरिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको