March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अमेरिकालाई सके नाकाबन्दी गर्न टर्कीका राष्ट्रपति रेसिपकाे चुनाैती

इस्तानबुल– टर्कीका राष्ट्रपति रेसिप ताइप एर्दोआनले टर्कीविरुद्ध नाकाबन्दी गर्न अमेरिकालाई चुनौती दिएको छ । रुसी प्रतिरक्षा प्रणाली खरिद गरेपछि अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने धम्की दिएकोमा प्रत्युत्तरमा एर्दोआनले नाकाबन्दी नै गर्न चुनौती दिनुभएका हुन ।

आफूलाई आवश्यक हतियार आफूले चाहेकै देशसँग लिन सकिने उहाँको भनाइ छ ।यसैबीच फ्रान्स लगायत युरोपेली मुलुकहरुसँग पनि टर्कीको तनाव रहेको छ । राष्ट्रपति एर्दोआनको बारेमा फ्रान्सको व्यंग्य पत्रिका सार्ली हेब्दोले आफ्नो आवरणमा व्यंग्यचित्र प्रकाशन गरेको विरोधमा एर्दोआनका प्रवक्ताले विरोध जनाएका छन् ।

हालैका महिनामा टर्कीले सिरिया, लिबिया र ककेसस क्षेत्रको नागोर्नो काराबाखका द्वन्द्वहरुमा टर्की सक्रिय भएपछि फ्रान्स लगायत युरोपेली मुलुकहरु टर्की विरुद्ध देखिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको