May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

कोरोना सङ्क्रमित ह्वात्तै बढ्न थालेपछि फ्रान्स र जर्मनीमा देशव्यापी लकडाउन घोषणा

  • 3
    Shares

फ्रान्स, यूरोपमा कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिन थालेको छ भने यसले हिउँद याममा भयावह रुप लिने खतरा बढाएको छ । महामारी बढ्न थालेपछि फ्रान्स र जर्मनीमा देशव्यापी लकडाउन घोषणा गरेको छ ।

दैनिक कोरोना संक्रमित संख्या ह्वात्तै बढ्न थालेपछि यूरोपका शक्तिशाली दुई देशहरुले लकडाउनको घोषणा गरेका हुन् । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले शुक्रबारबाट लागु हुने गरी लकडाउनको घोषणा गरेका हुन् ।

लकडाउनमा अत्यावश्यक र स्वास्थ्यका काममा मात्र बाहिर निस्कन पाइनेछ । व्यवसाय तथा मनोरञ्जनका लागि घरबाट बाहिर जान पाइनेछैन भने विद्यालय र कलकारखाना भने खुल्नेछन् ।

फ्रान्समा एकै दिन ३३ हजार नयाँ संक्रमित पत्ता लागेपछि लकडाउनको घोषणा भएको जनाइएको छ ।

यसैगरी, यूरोपको अर्को शक्तिशाली मुलुक बेलायतमा पनि कोरोना महामारी बढेको छ । एक अध्ययनको तथ्यांकले बेलायतमा दैनिक एक लाख नयाँ संक्रमित थपिन थालेको देखाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको