November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

भारतमा कोरोना सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

  • 19
    Shares

नयाँदिल्ली,भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९४ हजार ५५२ भएको छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ३१ जना पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ६१ हजार ८७१ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण १ हजार ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।

भारतमा ७ लाख ८३ हजार ३११ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ९७ हजार २१० जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको