November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

अर्मेनिया र अजरबैजानबीच युद्धविरामसम्बन्धी नयाँ सम्झौता

  • 14
    Shares

अर्मेनिया, अर्मेनिया र अजरबैजानबीच युद्धविरामसम्बन्धी नयाँ सम्झौता भएको छ ।

अर्मेनिया र अजरबैजानबीच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयास स्वरुप पुनः सम्झौता भएको हो।

यसअघि भएको अस्थायी शान्ति सम्झौता दुबैतर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुबै देशले नयाँ सहमति गरेका हुन् ।

सहमति स्थानीय समय अनुसार आज मध्यरातदेखि लागू हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अघिल्लो साता दुबैबीच युद्धविरामको सहमति बनेपनि अघिल्लो दिन नै भंग भएको थियो ।

अबको सम्झौता यसअघि उल्लंघन भएको सम्झौतामा उल्लेखित सहमती अनुसार नै भएको बताइएको छ । गएको सेप्टेम्बर अन्त्यमा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरानोमध्ये एक अर्मेनिया र अजरबैजानबीचको युद्ध पुनः ब्यूँतिएको थियो ।

पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ। अन्तर्राष्ट्रिय रुपमा सो क्षेत्र अजरबैजानको मान्यता प्राप्त भएपनि त्यहाँ आदिवासी अर्मेनियनको कब्जा छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको