December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघ्यो

  • 10
    Shares

काठमाडौं, महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ ।

यिमध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ ।

विश्वभर अहिले पनि ८७ लाख छ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् ।

अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको