December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

ट्रम्पका छोरा ब्यारोनलाई पनि कोरोना संक्रमण

  • 49
    Shares

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताएकी छन् ।

राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । तर उनलाई कुनै लक्षण भने देखिएको थिएन ।

प्रथम महिला मेलानीयाले भनेकी छन्, “परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड–१९ देखियो, र यसबाट हामीले एक अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो । राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको छ ।”एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको