April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

भारतमा आजबाट सिनेमा हल सञ्चालन हुने

नयाँदिल्ली, भारतमा आजदेखि सिनेमा, मल्टिप्लेक्स, स्विमिंग पूल र मनोरञ्जन पार्क खुल्ने भएका छन । भारतको सूचना तथा प्रसारण मन्त्रालयले थिएटर र मल्टिप्लेक्सहरूका लागि विस्तृत दिशानिर्देश जारी गरेको छ ।

कोरोनाका निर्देशिका बनाएर कोरोना संक्रमणको स्थितिलाई थप फैलिन नदिन विभिन्न सर्तकताहरु अपनाइने छ ।

केन्द्रले जारी गरेको नियम अनुसार सिनेमा हलमा एकपछि अर्को सीट खाली रहनेछन । हलका ५० प्रतिशत दर्शक मात्र भित्र आउन पाउने छन् ।

सिनेमा हलमा प्रवेश गर्नेहरूले सधै मास्क लगाउनु पर्ने छ भने भित्र भेन्टिलेसनको उचित व्यवस्था भएको हुनुपर्ने छ र । हलमा रहेको एसीको तापमान २३ डिग्रीभन्दा माथि राख्नुपर्दछ ।

सिनेमा हल खुल्नु अघि, दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले सिनेमा हलका प्रतिनिधिहरूलाई भेटेका छन ।  एजेन्सी 

शीर्ष समाचार

धेरै पढिएको