November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

भारतको तेलंगानामा अत्यधिक बर्षाका कारण १२ को मृत्यु

  • 4
    Shares

तेलंगाना, भारतको तेलंगाना राज्यमा अत्यधिक बर्षापछिका घटनामा परी थप कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

चन्द्रयाँगुत्ता प्रहरी कार्यालयको दुई ओटा पर्खाल भत्किएर भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

त्यसैगरी एक जना ४० बर्षीया महिला र उनकी छोरीको इब्राहिमपत्नाममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको आफ्नै घरको छतले च्यापिएर मृत्यु भएको हो ।

प्रहरी अधिकारीहरुले प्रदेशका धेरै ठाउँमा घर तथा पर्खाल भत्कीने, बाढी पहिरो जानेलगायतका घटनाहरु भएको जनाएका छन् । ती घटनाहरुमा परी अरु धेरै मानिस घाइते भएको विवरणहरु प्राप्त भइरहेको पनि प्रहरी अधिकारीहरुले बताएका छन् ।

घटनामा परेकाहरुको उद्धार तथा सहयोगका लागि हैदरावाद लोक सभाका सदस्य असादुद्दीन ओवैसीले अनुगमन गरिरहेको जनाइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको