November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

अफगानिस्तान शान्तिवार्ताबिच तालिवानको हमला

  • 15
    Shares

काठमाडौं, अफगानिस्तानको हेलमंद प्रान्तमा सरकारी सेना र तालिबानी लडाकूहरूबीच भएको ठूलो लडाईपछि हजारौं परिवारहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।आज बुधवार यो हिंसात्मक संघर्षको तेस्रो दिन हो ।

अफगानी सैनिकहरूले रणनीतिक रूपमा महत्त्वपूर्ण प्रान्तको राजधानी लश्करगाहलाई तालिवानको आक्रमणबाट जोगाउन खोजिरहेका छन् ।

गत महिना अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ता भएको थियो । त्यस पछि, यो पहिलो पटक दुई पक्षबीच ठूलो लडाई शुरू भयो ।

अफगान सेनाले तालिवानको हिंसाप्रति प्रतिक्रिया जनाइरहेको छ भने अमेरिकी हवाई हमलाले उनीहरूलाई बदला लिन सहयोग गरिरहेको छ ।

यस अघि अफगानिस्तानमा नाटोको प्रमुख अमेरिकी जनरल स्कट मिलरले तालिबानिको फौजमा सम्पन्न सम्झौताको उल्लंघन गरेको र शान्ति सम्झौता बेवास्ता गरेकोमा निन्दा गरेका थिए ।

तालिबानले सोमबार अफगानिस्तानमा एक पावर सब स्टेशनमा आक्रमण गरेका कारण हेल्दाम र छिमेकी कन्धार प्रान्तमा बिजुली आपूर्ति अवरुद्ध भएको छ ।

बीबीसीका अनुसार अफगानिस्तानका दुरसञ्चार नेटवर्क पनि ठप्प भएको छ । त्यहाँ अनुमानित करिब ५ हजार परिवार लगभग ३५ हजार मानिसहरु आफ्नी घर छोडेत भाग्नेपरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको