September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

बच्चा नभएको निहुँमा आक्रोशित ज्वाइँले आफ्नी श्रीमतीलाई ससुराका लागि जलाए

एक युवकले आफ्नी श्रीमतीलाई जिउँदै जलाए

बिहार, भारतको बिहार मुजफ्फरपुर जिल्लामा पतिले आफ्नी श्रीमतीलाई जिउँदै जलाएका छन् । विवाह भएको एक वर्षपछि पनि बच्चा नभएको भन्दै श्रीमान् र श्रीमतीबीच झगडा भएको थियो । झगडा शान्त पार्न आएका ससुराले ज्वाईको चेकअपको लागि अनुरोध गरे तर क्रोधित ज्वाइँले आफ्नी आमासँग मिलेर छोरीलाई जलाइदिए ।

सीतामढीको चौराट निवासी रामबालकले १ फेब्रुअरी २०१९ मा मुजफ्फरपुरको नाजीपुरका गौरव ठाकुरसँग उनकी छोरी अल्पना शर्मासँग विवाह गरेका थिए । विवाह गरेको केहीदिन सबैकुरा राम्रो थियो तर पछि विवाद शुरु भयो जब अल्पाना गर्भवती भईनन् । दुई दिन अघि यस विषयमा पति र पत्नीबीच झगडा भएको भारतीय सञ्चारमाध्यम आज तकले जनाएको छ । यस झगडाको बारेमा जानकारी पाएपछि, अल्पानाका बुबा छोरीको घर पुगेर ज्वाईलाई सम्झाएका थिए ।

मृतकका बुबाले भनेका छन गौरवले रामबलाकको अगाडि अल्पानासँग लडाई सुरु गर्यो । यसमा रिसाएर रामबालकले ज्वाईकी आमालाई छोराको जाँच गराउन अनुरोध गरे, त्यहाँ समस्या छ की भनेर तर गौरव रिसाए । त्यतिबेला यो कुरा शान्त भयो र रामबालक आफ्नो घर फर्के ।

रामबालकले आरोप लगाएका छन् कि आक्रोशित ज्वाई गौरव ठाकुरले आफ्नी छोरीलाई मारेका हुन् । छिमेकीहरूले उनलाई घटनाको बारेमा जानकारी दिए, जस पछि उनीहरू फेरि छोरीको मातृ घर पुगे ।

सूचनाका आधारमा प्रहरी पनि घटनास्थल पुगेको थियो । प्रहरीले उक्त महिलाको शव निरीक्षण गरी पोस्टमार्टमको लागि पठाएको छ । मृत महिलाको शव ८० प्रतिशत जलेको अवस्थामा पाइएको यस अहियपुर प्रहरी चौकिले जनाएको छ ।